गोराबारीदेखि नेहुर बालासनसम्मको सडक निर्माण कार्य पुन: शुरू गरिने ठेकदार अग्रवालको आश्वासन

सोनादा: गोराबारीदेखि नेहुर बालासनसम्म निर्माण भइरहेको सडक विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नेहुर बालासन अनि मार्गरेट्स होपका प्रतिनिधिहरूले ठेकदार राजेश अग्रवालसँग भेटेर सडकको निर्माण पूर्णतय गरिनु पर्नेबारे सौहार्दपूर्ण वातावरणमा बैठक गरे। यसपछि ठेकेदार राजेश अग्रवालले यही सोमवार 20 जूनदेखि सडकको निर्माण कार्य पुन: थाल्ने आश्वासन दिँदै यस बर्खायाममा अलकत्राको कार्य त्यति सम्भव नभए तापनि सडकमा भएको खाल्डोहरू मरमति जस्ता कार्यहरू गर्दै सुक्खा समयमा अलकत्राको कार्य पनि पूर्ण गर्ने वचन दिएका छन्। आजको बैठकमा टुङ्ग सन्त मेरिज समष्टि महासचिव ललित मुखिया, साङ्गठनिक सचिव पुरण तामाङ, उपसभापति छोगेल तामाङ, सह सचिव नयन राई, समष्टि युवा शक्ति महासचिव दिपेश तामाङ, समष्टि जोनल सभापति बसन कुलुङ राई, महासचिव मुकन्दर बम्जन, बालासन बुथ कमिटी 24/34 सभापति पेम्बा लामा, नित्यम गुरूङ आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *