गोराबारीदेखि नेहुर बालासन सडकको अधुरो निर्माण कार्यबारे डेपलोमेन्ट अर्गनाइजेसन र ठेकेदार माझ सभा  

खरसाङ : गोराबारीदेखि नेहुर बालासन सम्म 7.9 किलो मिटर बाटो पीएनजीवाई मार्फत 2018 मा सुरु भएको थियो तर आजसम्म यो बाटो पूरा नभएकोले केही दिन अघि ठेकेदारलाई पत्राचार गरी सभामा बोलाइएकोले आज दुई पक्षमाझ सभा बसियो। ठेकेदार नर्बु शेर्पाले संगठनलाई वचन दिँदै विगतमा कोभिड लकडाउनको कारणले ढिलो भयो भन्दै बीचमा बर्खाझरी अनि हाल घाट बन्दले गर्दा कामलाई स्थगित गर्नु परेको जानकारी दिए भने घाट खोलिएपछि काम शुरु गर्ने वचन दिएको कुरा संगठनका सभापति पुरण तामाङले जानकारी दिएका छन्। तिनले अझ बताए अनुसार यदि ठेकेदारले दिएको वचन पूरा नगरे गोर्खाल्याण्ड  क्षेत्रीय प्रशासनका केयर टेकरलाई भेट गरी यस कामको आरटीआई गर्ने भएको छ। उक्त सड़क  तीनवटा चिया बगानको लाइफ लाईन हो। दैनिक हजारौं चिया श्रमिकको आउ जाउ गर्ने बाटो हो। प्राय: बाटो बनिसकेको छ भने आधा बनिनु फलामको चिउरा चपाउनु बराबर झैँ भइरहेको देखिन्छ। त्यसैले बालासन क्षेत्रलाई विकसित बनाउनको निम्ति परेका नेहुर बालासन डेभलपमेन्ट अर्गनाइजेशनले अघि आएर ठेकेदारलाई चेताउनी दिएको छ। यदि बालुवा, गिटी घाट चालू भएपछि बाटोको काम शुरु नगरे सम्बन्धित विभागमा उजुरी गर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *