गोराबारी नजिक सुमो दुर्घटना, 1 जनाको मृत्यु

सोनादा: सोनादादेखि केही टाढामा रहेको गोराबारी नजिक बतासिया खोलामा एउटा टाटा सुमो दुर्घटनाग्रस्त हुँदा एकजना यात्रुको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार दार्जीलिङबाट सिलगढी तर्फ गइरहेको समय अनियन्त्रित भएर डब्ल्युबी 78-3294 नम्बरको टाटा सुमो गाड़ी दुर्घटनाग्रस्त भएको छ। उक्त गाड़ीमा दुईजना यात्री र एकजना चालक गरेर मोठ 3 जना सवार थिए। यस दुर्घटनामा भक्तबहादुर थापा नाम गरेको एकजना यात्रुको मृत्यु भएको छ। त्यसरी नै अर्को यात्री कुमार ठकुरी घाइते भएकोले हाल तिनी अस्पतालमा उपचाराधीन अवस्थामा रहेका छन्। गाड़ीको चालकलाई पुलिसले पक्राउ गरेर अहिले पुलिस कस्टडीमा रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *