गोराबारी सार्वजनिक भवनको सभासद नुरी शेर्पाद्वारा उद्घाटन

खरसाङ: जीटीए-को पहलमा 43 लाख रूपियाँको लागतमा पुनर्निर्माण गरिएको नयाँ गोराबारी सार्वजनिक भवनको आज विधिवत उदघाटन गरियो। उक्त भवनको उदघाटन मुख्य अतिथि खरसाङको टुङ-सन्तमेरिज समष्टिका सभासद एवम् जीटीए पर्यटन तथा पुल अनि परिवहन विभागका एमओडी नुरी शेर्पाको बाहुलीद्वारा गरियो। भागोप्रमो गोराबारी शाखाद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सोनादा-पचेङ समष्टिका सभासद तथा जीटीए सूचना एवम् सांस्कृतिक साथै सिंचाइ एवम् जलमार्ग विभागका भारप्राप्त सभासद अनोश थापा लगायत अन्य अतिथिहरुमा सोनादा पुलिस आउट पोस्टका एसआई मित्र देवान अनि एएसआई फुर्बा पाखरिन साथै सुकेपोखरी खण्डका विभागीय अभियन्ता विनोद शर्मा आदि उपस्थित थिए। भागोप्रमो गोराबारी शाखाका सभापति गोविन राईको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा विभिन्न रंगारंग कार्यक्रमको पनि आयोजना गरियो। यस कार्यक्रम अवधि सभाद्वयलाई शाखाको पक्षबाट कृतज्ञता पत्र प्रदान गरेर सम्मान पनि जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *