गोरामुमो आपदा प्रबन्धन टोलीद्वारा पैह्रो क्षतिग्रस्त क्षेत्रको निरीक्षण

दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा आपदा प्रबन्धन कमिटीले गत राति परेको अविरल बर्षाको कारण दार्जिलिङ पहाडको विभिन्न क्षेत्रमा गएको पैह्रोले क्षतिग्रस्त भएको क्षेत्रमा भ्रमण गर्दै निरीक्षण गरिने कार्य शुरू गरेको छ। यसैक्रममा आपदा प्रबन्धन टोलीका अध्यक्ष वाई लामा लगायत सदस्यहरु अमर तामाङ, सुवर्ण राई, रबि छेत्री, बुद्ध यल्मो, लक्ष्मी यल्मो साथै समष्टि अध्यक्ष प्रत्युम सुब्बाले सिंहमारी टकभर समष्टि अन्तर्गत सिंहमारी फाटक र सुवास ग्राम रानी बनमा गएको पैह्रोको निरीक्षण गरेर तारपोलिन वितरण गरेका छन्। वाई लामाले यसबारे जानकारी दिँदै भने, रानी बन खासमहल क्षेत्रको सडक मार्ग अविरल बर्षाको कारण भत्किएको छ। हामीले यस क्षेत्रका स्थानीय वासिन्दा स्टाफेन लेप्चाले गत रातिनै सूचना दिए वापत आज उक्त क्षेत्र निरीक्षण गर्न आएका हौ साथै स्थानीय वासिन्दाहरुको सहयोगमा पैह्रो गएको क्षेत्रमा तारपोलिन बिछ्याउने कार्य गर्यौय।

अर्कोतिर, उक्त क्षेत्रमा हाई टेन्सन बिजुलीको दुईवटा खम्बा भएकोले गर्दा स्थानीय वासिन्दाहरु आतङ्कित बनेका छन् । यसले गर्दा दुई गाउँका मानिसहरूको ज्यान जोखिममा पर्ने सम्भावना रहेको छ। बिजुली विभागका कर्मचारीहरु आएर केवल निरीक्षण मात्र गरेको तर कुनै कार्वाही नगरेको गाउँलेहरूले बताएका छन्। यसको साथै अझसम्म सम्बन्धित विभागबाट कोही पनि नआएको स्थानीय वासिन्दाहरुले गुनासो पोखेका छन् । गोरामुमो आपदा प्रबन्धन कमिटीको तर्फबाट खण्ड विकास अधिकारी लगायत सम्बन्धित विभाग, पञ्चायत, जीटीएले यस क्षेत्रमा भ्रमण गरिदियोस् भनी अपिल गरेकोबारे वाई लामाले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuangrandpashabetholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetonwinbetgaranticashwin girişgrandpashabetcasinolevantcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabetgrandpashabetcasibom Built with ❤︎ by appycodes