गोरामुमो अध्यक्ष मन घिसिङद्वारा सिञ्चेल धाममा पुजा-अर्चना

दार्जिलिङ :  बंगालमा पाँचौ चरणको विधानसभा चुनाउ  अन्तर्गत दार्जिलिङ र कालेबुङ जिल्लामा हुने विधानसभा चुनाउको ठिक दुई दिन अघि गोरामुमो अध्यक्ष मन घिसिङले आज पहाडमा शान्ति अनि उन्नतिको कामना गर्दै सिञ्चेल धाममा पुजा-अर्चना गरे। यस अवसरमा तिनीसित गोरामुमो प्रमुखसँग पूर्व विधायक तथा भाजपा प्रार्थी निरज जिम्बा, दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एडवर्ड लगायत पार्टीका शीर्ष नेतृत्व एवम् विभिन्न भ्रातृ संगठनका प्रतिनिधि तथा कार्यकर्ताहरू पनि उपस्थित थिए। सिञ्चेल मन्दिरमा अध्यक्ष मन घिसिङले होम हवन गरेर पुजा-अर्चना गर्दै पहाडमा शान्ति र उन्नतिको लागि मातासित प्रार्थना गरे।


तिनीसितै प्रार्थी निरज जिम्बाले पनि देवीको पुजा-अर्चना गरे। स्मरण रहोस्, गोरमुमो अध्यक्ष मन घिसिङ हिजो मिरिक पुगेर तिनका बाबु तथा दिवङ्गत सुवास घिसिङको समाधिमा प्रार्थना गरेका थिए भने भाजपा प्रार्थी निरज जिम्बाले पनि गत चुनाउ प्रचारको क्रममा महाकाल धामदेखि स्थानीय विभिन्न मठ मन्दिर तथा गुम्बाहरूमा पुजा गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *