गोरामुमो अध्यक्ष मन घिसिङ कालेबुङ भ्रमणमा

कालेबुङ: कालेबुङको अप्पर पन्बुमा गोर्खा राष्ट्रिय नारी संगठनको आयोजनामा आज पार्टीको साङ्गठनिक सभा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष मन घिसिङले दलीय स्वार्थ त्यागेर जाति र माटोको उन्मुक्तिको निम्ति अघि आउने कालेबुङको जनतालाई आह्वान गरे। तिनले अझ भने, तपाईं हामी अब यसरी नै जाति र माटोको निम्ति अघि बढ्नु पर्छ। मैले दिल्लीमा आफ्नो काम इमान्दारी पूर्वक गर्दैछु। तपाईहरुले जनतालाई जोड्ने काम गर्नुपर्छ। झण्डा त एउटा माध्यम मात्र हो, तपाईहरु अघि आउनुहोस् मैले बारम्बार भन्दै आएको छु जाति र माटो भन्दा ठूलो पार्टी होइन। आउँदो दिनहरुमा तपाईं हाम्रो निम्ति राम्रो छ तर यसको निम्ति तपाईं हामी एउटा सिङ्गो जाति भएर बस्नु पर्छ। कालेबुङमा पार्टी धेरै बलियो भएर गएको छ यसको निम्ति म गोरामुमो कालेबुङका सम्पुर्ण नेतृत्वहरूलाई धन्यवाद दिन चाहन्छु।


गोरामुमो अध्यक्ष मन घिसिङको उपस्थितिमा बसेको सभामा विधायक निरज जिम्बा, गोरामुमो केन्द्रीय प्रवक्ता महेन्द्र छेत्री, दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्ड, केन्द्रीय सदस्य ऋषि थापा, मौरिस कालिकोटे, वाई लामा, अमर तामाङ, भक्त जैरु गोरामुमो कालेबुङ कार्यकारिणी समितिका सचिव लोप्साङ तामाङ सहित कार्यकारिणी सदस्यहरु, कालेबुङ अन्तर्गत 8 वटा समष्टिका सभापति अनि सचिव, कालेबुङ युवा मोर्चा अध्यक्ष बुद्ध तामाङ, महासचिव श्याम गौतम , प्रशान्त सुब्बा , युवा मोर्चा खरसाङ ब्राञ्च कमिटी अध्यक्ष संजोक गुरुङ, दार्जिलिङ ब्राञ्च युवा मोर्चा अध्यक्ष सुरज कटुवाल, टाउन कमिटीका महासचिव प्रणय ब्लोन साथै अन्य प्रतिनिधिहरु उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *