गोरामुमो अध्यक्ष मन घिसिङद्वारा प्रवीण जिम्बालाई श्रद्धाञ्जलि अर्पण

दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समिति सदस्य तथा प्रमुख सल्लाहकार प्रवीण जिम्बाको आकस्मिक निधनमा गोरामुमो अध्यक्ष मन घिसिङले गहिरो शोक व्यक्त गर्दै तिनको वासस्थान सिंहमारी पुगेर पार्टीको विधान अनुसार हरियो झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे। यसको घिसिङले परिवारका सदस्यहरूलाई भेटेर सम्वेदना प्रकट गरे। केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङ, केन्द्रीय समिति सेक्रेटरी जनरल दावा शेर्पा, केन्द्रिय समिति सदस्य बिरेन लामा, किशोर राई, भक्त जैरु, एनबी प्रधान, मणिकला तामाङ, केन्द्रिय समिति कार्यालय प्रवक्ता वाई लामा, अमर तामाङ, एचपीडब्ल्यु महासचिव एसके लामा, दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बा, गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवल, सचिव सञ्जय खवास लगायत पार्टीका शीर्ष नेतृत्वहरूले प्रवीण जिम्बालाई अन्तिम श्रद्धाञ्जलि अर्पण गरे। स्मरण रहोस, जाति र माटो प्रेमी प्रवीण जिम्बालाई गोरामुमो पार्टीको एकजना मजबुत धुरी खम्बा मानिन्थ्यो भने तिनले पार्टीलाई महत्वपूर्ण योगदान पुऱ्याएका थिए। जिम्बाको निधनमा गहिरो शोक प्रकट गर्दै पार्टी अध्यक्ष मन घिसिङले भने, गोर्खा जातिको मुद्दा फत्ते गराउनको सदैव लागी परेका तथा गोर्खा जातिप्रति चिन्तित रहने एकजना कुशल राजनैतिक नेतृत्वलाई गुमाउनु पर्दा गोर्खा जाति र गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई ठूलो क्षति भएको मैले आभास गरेको छु। आफु अस्वस्थ रहँदा पनि पार्टीको प्रत्येक कार्यक्रममा सहभागी जनाएर सही सुझाउ अनि सर-सल्लाह दिएर सङ्गठनलाई मजबुत बनाउनमा तिनले आफ्नो महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *