गोरामुमो अध्यक्ष मन घिसिङद्वारा जीटीए प्रमुख कार्यपाल अनित थापालाई पत्राचार

सेवामा ,
प्रमुख कार्यपाल
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन,दार्जिलिङ ।


माननीय प्रमुख कार्यपाल ,
गोरामुमो संस्थापक अध्यक्ष स्वर्गीय सुवास घिसिङको सालिग अनि समाधि निर्माण हेतु अनुमति को निम्ति तपाईले गर्नु भएको पत्राचार मैले प्राप्त गरे । गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन साथै तपाईको, गोरामुमो संस्थापक अध्यक्ष स्वर्गीय सुवास घिसिङको सालिग अनि समाधि निर्माण गर्ने सोँचलाई अनि बिचारालाई म मेरो आन्तरिक ह्रदय बाट सम्मान जनाउँदै तपाईं प्रति आभार व्यक्त गर्दछु ।
यस विषयलाई लिएर जानकारी गराउदै भन्न् चहान्छु ,मेरो आप्पा अनि आमाको समाधि निर्माणको निम्ति केही समय अगि देखि हाम्रो दल गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले वहाँको जन्मथलो मञ्जु पार्क मिरिकमा निर्माण गर्ने निर्णय गरेका छौं , मञ्जु पार्कमा वहाँको अन्तिम संस्कार गरिएको हुनाले गर्दा मेरो आप्पा अनि आमाको समाधि पनि सोही स्थानमा निर्माण गर्ने निर्णय लिएका छौं । म एउटा छोरा भएका कारण मेरो पनि एउटा कर्तव्य अनि जिम्मेवारी हुन् । आप्पा सुवास घिसिङको सालिग निर्माण हेतु तपाईलाई पुर्ण जानकारी गराउँदै मेरो ब्याक्तिगत बिचार हजुर संमक्ष साझा गर्न चहान्छु , एउटा दृढ संकल्प साथ गोर्खा जातिले न्याय नपाए सम्म सालिग स्थापना नगर्ने पक्षमा रहेकोछु भनि हजुरलाई जानकारी गराउँदछु । मेरो यो बिचारलाई तपाईले अन्यथा नलिदिइने निवेदन गर्दछु ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *