गोरामुमो अध्यक्षसहित प्रतिनिधि टोली दिल्ली प्रस्थान

सिलगढी : राज्यको विधानसभा चुनाउले गर्दा पहाडमा गर्मिदै गइरहेको राजनीतिक कार्यक्रमहरूबीच आज गोरामुमो केन्द्रीय अध्यक्ष मन घिसिङको नेतृत्वमा पार्टीको एउटा प्रतिनिधि टोली आज दिल्ली प्रस्थान गर्यो। उक्त टोलीमा मन घिसिङ लगायत दार्जिलिङका विधायक निरज जिम्बा, पार्टी प्रवक्ता महेन्द्र छेत्री र प्रमोद तामाङ सामेल छन्। पार्टी सूत्रले दिएको जानकारीअनुसार उक्त गोरामुमोको टोलीले नयाँ दिल्लीमा देशका गृहमन्त्री अमित शाहसित भेटेर कुराकानी गर्ने भएको छ। विशेष गरेर उक्त भेट अवधि पहाडको स्थायी राजनीतिक समाधान (पीपीएस), छुटेको गोर्खा समुदायका अन्य 11 जात गोष्ठीलाई जनजातिको दर्जा दिने विषयबारे कुराकानी गर्ने भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *