गोरामुमो अनि विधायकको सहयोगमा रिम्बिक लोधोमा समष्टिमा सर-समानहरू वितरण

रिम्बिक : गोरामुमो दार्जिलिङ ब्रान्च अध्यक्ष अजय एडवर्ड तथा क्षेत्रीय विधायक निरज जिम्बाको  विशेष सहयोगमा गोरामुमो रिम्बिक लोधोमा समष्टिले क्षेत्रमा देशको विभिन्न क्षेत्रबाट आएर क्वारेन्टाइन सेन्टरमा बसेकाहरूलाई माक्स ह्यान्ड ग्लब्स लगायत अन्य सर-समानहरू वितरण गर्यो। यसै अनुरूप लोधोमाको खेल मैदानमा रहेको होम क्वारेन्टाइनमा बसेका मानिसहरूलाई पनि  खाद्यन्न लगायत माक्स तथा ग्लब्स वितरण गर्यो।


यसको साथै लोधोमा थानामा खटिएका प्रशासनिक कर्मचारीहरू, रमाम पावर प्रोजेक्टका कर्मचारी, प्रशासनिक पक्षका कर्मचारीहरूलाई माक्स, ग्ल्बस लगायत खाद्य सामग्री वितरण गरेको छ भने समष्टिमा कार्यरत डाक्टर लगायत टोलीलाई पीपीई किट वितरण गरेको बताइएको छ। उक्त सहयोगको लागि ब्रान्च अध्यक्ष एडवर्ड तथा विधायक जिम्बालाई समष्टि सभापति सन्दिप लिम्बू अनि सचिव सुवास लिम्बूले आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *