गोरामुमो आर्य ब्लुमफिल्ड रक ऋषिहाट समष्टिको साङ्गठनिक सभा सम्पन्न

दार्जिलिङ: गोरामुमो आर्य ब्लुमफिल्ड रक ऋषिहाट समष्टिको साङ्गठनिक सभा समष्टि अध्यक्ष किशोर राईको अध्यक्षतामा सम्पन्न भयो। सभामा समष्टिको साङ्गठनिक गतिविधिलाई तीब्रता दिन समष्टिको प्रतिनिधिहरू हेरफेर गर्नको साथै विभिन्न विषयमा छलफल गरेको बताइएको छ। यसैक्रममा सभामा समष्टिको प्रवक्ताको रुपमा सुशील सुब्बालाई सर्वसम्मतिले चयन गरिएको छ साथै समष्टिको प्रवक्ता बिरमन तामाङलाई समष्टिको एचपीडब्ल्यु अध्यक्ष पदमा चयन गरिएको छ। सभापछि किशोर राईको भने, सभामा विभिन्न विषयमा छलफल गर्दै पञ्चायत चुनाउ विषय लिएर चर्चा-परिचर्चा गरेका छौं। केन्द्र सरकारको विभिन्न परियोजना अन्तर्गत जल जीवन योजनाको बारेमा पनि जनतालाई सचेत गराउनको निम्ति चर्चा-परिचर्चा गरिएको तिनले बताए। गोर्खाहरुको स्थायी राजनैतिक समाधानको निम्ति कार्य भइरहेको र चाडैं नै केन्द्र सरकारले हाम्रो समाधान गरिदिने कुरामा आश्वस्त रहेको छौं भनि किशोर राईले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *