गोरामुमो विभिन्न समष्टिका प्रतिनिधिहरूको बिजनबारीमा सभा

बिजनबारी: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङको निर्देशनमा आज गोरामुमो दार्जिलिङ शाखाका १३ वटा समष्टिका प्रतिनिधिहरुलाई लिएर पुलबजार बिजनबारी समष्टिको आयोजनामा बिजनबारी सार्वजनिक भवनमा सांगठनिक सभा सम्पन्न भयो। मनसिङ सुब्बाको सभापतित्वमा सम्पन्न आजको सांगठनिक सभामा गोरामुमो केन्द्रीय समितिका प्रवक्ता महेन्द्र छेत्री, मौरिस कालिकोटे, दार्जिलिङ शाखा अध्यक्ष अजय एडवर्ड, सांगठनिक सचिव किशोर गुरुङ, हिमालयन प्लान्टेसन वर्कस युनियनका कार्यकारिणी अध्यक्ष डीके गुरुङ, एसके लामा, धिरज राई, समाजिक कार्यकर्ता नवीन नरवर्ट, दार्जिलिङ गोरानासं अध्यक्षा बसुन्धारा प्रधान एवम् प्रतिनिधिहरु, दार्जिलिङ शाखा अन्तर्गत १३ वटा समष्टिका युवा एकाई प्रतिनिधिहरु, गोर्खा राष्ट्रिय भुतपुर्व सैनिक संगठनका प्रतिनिधिहरु उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *