गोरामुमो छोडेर 500 भन्दा अधिक समर्थकहरू टीएमसी-मा सामेल

मिरिक : गोरामुमो पार्टीबाट राजीनामा दिने क्रम जारी छ। एकपछि अर्को गर्दै विभिन्न शाखा प्रशाखाका पार्टी नेतृत्वहरूले दिनहुँजसो राजीनामा दिइरहेका छन्। यसै क्रममा आज मिरिकमा एउटा कार्यक्रमबीच 500 भन्दा अधिक गोरामुमो-का समर्थकहरू टीएमसीमा सामेल भएका छन्। हिल तृणमूल कङ्ग्रेस दार्जिलिङ र कालेबुङका चेयरम्यान तथा नगरपालिका अध्यक्ष एलबी राईले ती सामेल हुनेहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *