गोरामुमो दार्जिलिङ ब्राञ्चका प्रवक्ता प्रमोस्कर ब्लोनले दिए राजीनामा

दार्जिलिङ : गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा पनि अहिले पार्टीभित्र देखा परेको अन्तर्द्वन्द्वको फलस्वरूप पहिरो जाने क्रम जारी छ। यसै क्रममा पार्टीको दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एडवर्डले पार्टीबाट राजीनामा दिएको लगत्तै एकदिनपछि आज दार्जिलिङ ब्राञ्चका प्रवक्ताले पनि राजीनामा दिए। दार्जिलिङ जिल्ला ब्राञ्च प्रवक्ता प्रमोस्कर ब्लोनले आज पत्रकार सम्मेलन गरेर आफ्नो पद तथा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिए। राजीनामाको क्रममा तिनले भने, अब पार्टीभित्र बसेर खट्ने किसिमको स्थिति छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *