गोरामुमो दार्जिलिङ शहर समितिको सांगठनिक सभा

दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जिलिङ शहर समितिको सांगठनिक प्रतिनिधि सभा आज यहाँको ग्लेनेरिज रेस्टुरेन्टमा बस्यो। गोरामुमो दार्जिलिङ शाखा समिति अध्यक्ष अजय एड्वर्डको अध्यक्षतामा बसेको सांगठनिक सभालाई मुल सचिव गोपाल परियारले सञ्चालन गरेका थिए। सभामा गोरामुमो दार्जिलिङ शहर समितिले अहिलेसम्म के- कस्ता कार्यक्रमहरु गरिरहेको छ भन्नेबारेमा सभामा जानकारी गराइयो। आजको सांगठनिक सभामा गोरामुमो केन्द्रीय सदस्य एमजे सुब्बा, दार्जिलिङ शाखा समिति अध्यक्ष अजय एड्वर्ड, कार्यकारिणी अध्यक्ष किशोर गुरुङ, शहर समितिका अध्यक्ष रोबर्ट छेत्री उपाध्यक्ष रबि अरोड़ा, मुल सचिव गोपाल परियार अनि गोरामुमो दार्जिलिङ शहर समितिका सदस्यहरु उपस्थित थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *