गोरामुमो डिजास्टर म्यानेजमेन्ट कमिटीका प्रतिनिधिहरूद्वारा दार्जिलिङका जिल्ला अधिकारीलाई ज्ञापन

दार्जिलिङ : गोरामुमो डिजास्टर म्यानेजमेन्ट कमिटीले दार्जिलिङ जिल्ला अधिकारीलाई भेटघाट गरेर वर्तमान समयमा पहाडको विभिन्न समस्याहरुलाई लिएर बैठक गऱ्यो। बैठक अवधि विशेष गरेर पहाडमा आउन सक्ने आपदाहरुसित लड्नको लागि सरकारद्वारा के कस्तो सहयोग पाउन सकिन्छ साथै सरकारद्वारा के कस्तो तयारीहरु भइरहेका छन् भन्नेबारे छलफल गर्दै ज्ञापन पत्रसमेत बुझाएको कमिटीका अध्यक्ष वाई लामाले जानकारी दिएका छन्। तिनले थप जानकारी दिँदै प्राकृतिक आपदासँग जुझ्नको निम्ति हाम्रो मानिसहरुले धेरै दुख भोग्नु परेको कारण जीटीए अनि ब्लक स्तरबाट पाउन पर्ने सुविधाहरु सही ढङ्गले नपाएको गुनासोहरु रहेका कारण यस विषयलाई पनि जिल्ला अधिकारी समक्ष राखेपछि जिल्ला अधिकारीले गोरामुमो डिजास्टर कमिटीलाई सरकारबाट हुने हरसम्भव सहयोग पुर्याईउने वचन दिएको साथै जिल्ला अधिकारीसँगको बैठक अतिनै फलदायी रहेको वाई लामाले जानकारी दिएका छन्। वाई लामाको नेतृत्वमा कमिटीका सदस्यहरु सुवर्ण राई, अनिल गुप्ता, अमर तामाङ अनि गोपाल छेत्री उपस्थित थिए। यसैक्रममा गोरामुमो डिजास्टर म्यानेजमेन्ट कमिटीले गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डलाई पनि भेट गरेर विभिन्न विषयमा छलफल गरेको बताइएको छ। गोरामुमो ब्राञ्च अध्यक्ष अजय एड्वर्डले सबै एक भएर कार्य गर्ने साथै डिजास्टर म्यानेजमेन्ट कमिटीलाई आफ्नो तर्फबाट सक्दो सहयोग पुर्यानउने वचन दिएको वाई लामाले जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *