गोरामुमो-द्वारा 27 जुलाईको शहीद दिवस स्थगित

दार्जिलिङ : जीटीए एरियामा आइतबारदेखि 1 हप्ताको निम्ति लकडाउनको घोषणा गरेको कारण गोरामुमो दार्जिलिङ ब्राञ्चद्वारा 27 जुलाईको दिन तय गरिएको शहीद दिवस कार्यक्रम स्थगित गरिएको छ। दार्जिलिङ जिल्ला शासकद्वारा  पहाडभरि 7 दिनको कठोर लकडाउन गरिने घोषणा गरिएकोले गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एडवर्डले उक्त कार्यक्रमलाई स्थगित गरिएको बताए। यस महामारीको रोकथाम गर्ने उद्देश्यले जिल्ला शासकद्वारा उठाइएको उक्त कदमलाई समर्थन र सहयोग गर्ने दार्जिलिङ ब्राञ्च अधीनस्थ 13 वटै समष्टिका सम्पूर्ण गोरामुमोका कार्यकर्ताहरूलाई तिनले विशेष अपील गरेका छन्। गोरामुमो एउटा जिम्मेवार पार्टी रहेकोले पहाडको जनमानसहरूलाई सुरक्षित राख्न उठाइएको हरेक कदमलाई साथ दिने आफ्नो नैतिक जिम्मेवारी रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *