गोरामुमोद्वारा असहायहरूलाई कम्बल वितरण

दार्जिलिङ: गोरामुमो दार्जिलिङ टाउन कमिटीले पार्टीको सामाजिक सेवा अभियान अन्तर्गत दार्जिलिङ नगरपालिका वार्ड नम्बर ३१ अन्तर्गत पर्ने भोटे बस्तीमा आज गरिब-असाहयहरुलाई कम्बल वितरण गरे। गोरामुमो टाउन कमिटीका सदस्यहरु आफैले आर्थिक संकलन गरेर उठेको रूपियाँले कम्बल किनेर गरिब असाहयहरुलाई वितरण गरेको गोरामुमो दार्जिलिङ टाउन कमिटीका मुलसचिव गोपाल परियारले जानकारी दिएका छन्। यसै गरी, दार्जिलिङ नगरपालिकाको अन्य वार्डहरुमा पनि यस प्रकारको सहयोग अभियान जारी राख्ने तिनले जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *