गोरामुमोद्वारा विश्व नारी दिवस पालन

दार्जिलिङ : गोर्खा राष्ट्रीय मुक्ति मोर्चाको दार्जिलिङ शाखा कमिटीले आज विश्व नारी दिवस भब्य रुपमा पालन गऱ्यो। यस अवसरमा गोरामुमो अध्यक्ष मन घिसिङले वृद्धाहरूलाई शाल ओढ़ाइ दिएर सम्मान जनाउँदै खदा-माला अर्पण गरे।


गोरामुमो अध्यक्ष मन घिसिङको प्रमुख उपस्तिथिमा पालन गरिएको उक्त सभामा दार्जिलिङ शाखा कमिटीका अध्यक्ष अजय एड्वर्ड, कार्यकारिणी अध्यक्ष किशोर गुरुङ केन्द्रीय सदस्य एमजे सुब्बा, मन्जिला तामाङ, वाई लामा, किशोर राई, हिमालयन प्लान्टेसन वर्कस युनियनका कार्यकारिणी अध्यक्ष डीके गुरुङ, गोर्खा राष्ट्रिय भुतपूर्व सैनिक संगठनका अध्यक्ष जेआर देवान, नारी संगठन, दार्जिलिङ टाउन कमिटीका प्रतिनिधिगण, युवा एकाईका प्रतिनिधिहरु उपस्थित थिए।


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *