गोरामुमोद्वारा दार्जिलिङका विभिन्न ठाउँमा कम्बल वितरण

दार्जिलिङ: गोरामुमो दार्जिलिङ शहर समितिको समाजिक सेवा अभियान अन्तर्गत दार्जिलिङ नगरपालिकाका वार्डहरुमा गरिब अनि असाहयहरुलाई जाडोबाट बाँच्नको निम्ति कम्बल बितरण गर्ने क्रम जारी रहेको छ । यसै क्रममा वार्ड नम्बर 32 अन्तर्गत बडा गिङ्ग लेबुङ्गमा 50 वटा अनि वार्ड नम्बर 14 जवहार बस्तीमा 60 वटा कम्बल बितरण गरेको पार्टी सूत्रले जनाएको छ।


प्राप्त जानकारी अनुसार गोरामुमो समाजिक सेवा अभियान अन्तर्गत अहिलेसम्म दार्जिलिङ नगरपालिकाका सबै प्राय:जसो वार्डहरुमा वितरण गरिसके तापनि अब केवल 3 वटा वार्डमा बाँकी रहेकोले ती वार्डहरुमा पनि अब चाँडैं नै कम्बल बितरण गर्ने समाजिक सेवा अभियानका सचिव गोपाल परियारले जानकारी दिएका छन्। आफ्नो समाजिक सेवा अभियानलाई जारी राख्नको लागि गोरामुमो दार्जिलिङ शहर समितिले अन्य विषयहरुलाई पनि लिएर चाँडै बैठक गरेर यहाँका जनताले भोग्नु परेका विभिन्न समस्याहरुको समाधान गरिनेबारे छलफल गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.