गोरामुमोद्वारा दार्जिलिङको विभिन्न ठाउँमा सेनिटाइज कार्य जारी

दार्जिलिङ: गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा विधायक निरज जिम्बाको निजी कोषबाट दार्जिलिङ नगरपालिकाको विभिन्न वार्ड अनि वरिपरिका क्षेत्रमा सेनिटाइजेशन कार्य जारी रहेको छ। यसै क्रममा आज यहाँको वार्ड नम्बर 20 अन्तर्गत पच्चपनहट्टा, वार्ड नम्बर 9 सिडर कटेज अनि वरिपरिका क्षेत्रमा सेनिटाइज गरियो। स्थानीय वार्ड नम्बर 9 का प्रतिजी थापाले बताए अनुसार अहिलेसम्म 9 नम्बर वार्डमा कसैले पनि सेनिटाइज नगरेको तर विधायक निरज जिम्बाको टोलीले हाम्रो क्षेत्रमा सेनिटाइजेशन गरिदिएकोमा विधायक जिम्बा अनि तिनको टोलीलाई वार्ड नम्बर 9 को तर्फबाट हामी धन्यवाद दिन चाहन्छौ। यसै क्रममा वार्ड नम्बर 22 लालढिक्कीमा विधायक निरज जिम्बाको सहयोगमा सेनिटाइजेशन मशिन, पीपीई किट्स, मास्क, पञ्जा अनि सेनिटाजर प्रदान गरेकोमा लालढिक्की समाजका सचिव दुर्गा थापाले सहयोगको निम्ति विधायक जिम्बाप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *