गोरामुमोद्वारा गाउँको सडक निर्माण कार्य शुरू

पेशोक: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो समाजिक सेवा अभियान अन्तर्गत लप्चु पेशोक समष्टिको लोवर डाँडा गाउँदेखि स्थानीय वासिन्दा एनएस गुरुङको वासस्थान साथै तिनकै निजी जमीनबाट अप्पर माने डाँडा सिमानासम्मको लिंक रोडको निर्माण कार्य गरे। गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डद्वारा जेसीबी-को प्रबन्ध गरिदिएकोले गोरामुमो दार्जिलिङ ब्राञ्च युवा एकाइको अगुवाइमा उक्त निर्माण कार्यको थालनी गरेको गोरामुमो युवा एकाइका सभापति सुरज छेत्रीले जनाएका छन् । धेरै लामो समयदेखि उक्त गाउँमा बाटोको समस्या रहेको कारण स्थानीय बासिन्दाहरुले धेरै समस्याहरु भोग्नु परिरहेकोले गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डलाई सहयोगको अपिल गर्दा तिनले समष्टि प्रतिनिधिहरुको सुझाव साथै सर-सल्लाह अनुसार बाटो निर्माण कार्य गरेको बताइएको छ। गोरामुमो समष्टि सभापति अरुण छेत्री , सचिव तेन्जिङ भोटिया , सदस्य राजेन राईद्वारा पुजा आर्चना गरेर बाटो निर्माण कार्य शुरू गरेको छ। स्थानीय बासिन्दाहरुले यसरी बाटो निर्माण कार्यमा सहयोग पुऱ्याइ दिएकोमा अति खुशी हुँदै एड्वर्डलाई धन्यवाद दिँदै आभार व्यक्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *