गोरामुमो-द्वारा जीटीएको खेस्रा जलाएर विरोध प्रदर्शन

दार्जिलिङ : गोर्खाहरूको समस्या समाधानको निम्ति केन्द्रको गृहमन्त्रालयले बोलाएको त्रिपक्षीय वार्ताकै दिन आज दार्जिलिङमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जिलिङ ब्राञ्च कमिटीद्वारा जीटीए रद्द गरिनुपर्ने माग गर्दै पार्टीको तर्फबाट जीटीएको खेस्रा जलाएर विरोध प्रदर्शन गरे। यस अवसरमा पार्टीका कार्यकर्ताहरूले जीटीएको विरोधमा व्यापक नाराबाजी गर्दै यसलाई चाँडै रद्द गरेर संवैधानिक व्यवस्था दिनुपर्ने माग गरे।


यसको साथै आज अपरान्ह 4 बजी नर्थ ब्लक दिल्लीमा सम्पन्न हुने त्रिपक्षीय वार्ताको सफलताको लागि दार्जिलिङस्थित गोरामुमो पार्टी कार्यालयमा पुजापाठसँगै हवनको पनि आयोजना गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *