गोरामुमोद्वारा कालेबुङको भिन्न-भिन्नै ठाउँमा शहीदहरूलाई दिए श्रद्धाञ्जलि

कालेबुङ: गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ ब्राञ्च कमिटीले शहीद दिवसको अवसरमा आज कोरोना भाइरसको प्रकोपको कारण सरकारद्वारा जारी अध्यादेशलाई पालन गर्दै गोरामुमो ब्राञ्च कमिटी अन्तर्गत विभिन्न समष्टिहरूमा शहीद दिवस पालन गरेको पार्टी सूत्रले जनाएको छ। यसैक्रममा कालेबुङ 24 समष्टि अन्तर्गत कफेर शहीद बेदीमा आज 1986 सालदेखि 2017 सम्म गोर्खाल्याण्डको निम्ति आफ्नो प्राणको बलिदान दिने शहीदहरुलाई सम्झना गर्दै श्रद्धाञ्जलि अर्पण गरे।


 

आजको यस कार्यक्रममा केन्द्रीय समितिका सदस्य छिरिङ शेर्पा, शहीदहरूको परिवारका सदस्यहरू साथै समष्टिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसैगरी, कालेबुङ 25 नम्बर समष्टि अनि 27 नम्बर समष्टिमा पनि शहीद दिवस पालन गरेको बुद्ध तामाङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *