गोरामुमोद्वारा कवि अगम सिंह गिरीको जन्मदिन कालेबुङमा पालन

कालेबुङ: गोरामुमो कालेबुङले आज जातीय कवि अगम सिंह गिरीको 95औं जन्मजयन्ती भव्य रूपमा पालन गऱ्यो। कालेबुङस्थित कवि अगम सिंह गिरीको सालिकमा पुगेर सर्वप्रथम दीयो जलाएर, खदा माला लगाइ दिएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा गोरामुमो कालेबुङ जिल्ला समितिका सचिव लोपसाङ तामाङले कवि अगम सिंह गिरीको कृति अनि कविताहरु वाचन गरेर स्मरण स्वरुप सबैलाई जातीय कविको सम्मान गर्न पर्ने साथै तिनको कृति अनि कविताहरुलाई संरक्षण गर्नु पर्ने अपिल पनि गरे।


गिरीद्वारा रचित कविता अनि कृतिहरु हाम्रो जातिको निम्ति अमुल्य रत्न हुन् भनी तामाङले जनाए। यस कार्यक्रममा 21 नम्बर समष्टिका चिफ कन्भेनर टीडी भुटिया, टाउन कमिटी महासचिव निमा ढेन्डुप शेर्पा, गोरायुमो उपाध्यक्ष पुनम तामाङ साथै गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *