गोरामुमो-द्वारा खरसाङ सहरमा पोस्टरिङ

खरसाङ: भोलि 12 अक्टोबर गोर्खाहरूको समस्या विषयलाई लिएर केन्द्रिय गृहमन्त्रीद्वारा बोलाइएको त्रिपक्षीय वार्ता सफल होस् भन्दै असंवैधानिक व्यवस्था जीटीएलाई शीघ्र रद्द गरियोस् भन्ने माग गर्दै गोरामुमोले आज खरसाङ सहरको विभिन्न स्थानमा पोस्टर टाँस्यो। यसबारे जानकारी गराउँदै पार्टीको खरसाङ ब्राञ्च अध्यक्ष निमा लामाले भोलि हुने त्रिपक्षीय वार्ता सफल होस् औ गोर्खाहरूको दीर्घदिनदेखिको समस्या समाधान होस् भन्ने चाहना गोरामुमोको छ भन्दै जीटीए जस्तो असंवैधानिक व्यवस्था पनि चाँड़ै रद्द गरियोस् भन्ने हाम्रो माग रहेको बताए।


लामाले भोलिको वार्तामा राज्य सरकारले भाग नलिए तिनीहरू गोर्खाहरूको हितमा नरहेको स्पष्ट हुन्छ भनी बताए। तिनले भोलि हुने वार्ताको सफलताको कामना गर्दै खरसाङको सुबेदार बस्ती सार्वजनिक भवनमा गोरामुमोको पक्षबाट पूजा-अर्चना तथा होमादिको कार्यक्रम रहेको पनि जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *