गोरामुमो-द्वारा लेबुङ भेल्लीको पैह्रो क्षेत्रको निरीक्षण साथै लुगाफाटा, तारपोलिन वितरण

दार्जिलिङ : गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बाको टोलीले लेबुङ भेल्ली समष्टिका विभिन्न क्षेत्रमा गएको पैह्रोको निरीक्षण गर्नको साथै पीडित परिवारहरूसित पनि भेटघाट गरे। ती पीडित परिवारहरूलाई आपतकालीन सहयोगको निम्ति विधायक निरज जिम्बाको सहयोगमा लुगाफाटा साथै तारपोलिनहरू वितरण गरे।


अध्यक्ष सुब्बाले दिएको जानकारीअनुसार पैह्रोले क्षतिग्रस्त भएका परिवारहरूको निम्ति सम्बन्धित विभागहरूमा जानकारी गराउँदै पार्टीको तर्फबाट पत्रचार गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *