गोरामुमो-द्वारा मङपुमा शहीद दिवस  पालन

मङपु : माटो, जाति र अस्मिताको निम्ति प्राणको बलिदान दिने गोर्खे शहीदहरूलाई  स्मरण  गर्दै आज मङपु 74 धुरामा गोरामुमो मङपु शाखाले शहीद दिवस पालन गर्‍यो। प्राणको आहुति दिएर 1986 देखि 2017 सम्म शहीद भएका गोर्खे शहीदहरूलाई हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शहीद दिवस पालन गरियो।


आजको शहीद दिवस कार्यक्रममा गोरामुमोका शीर्ष नेतृत्व देवलाल मोक्तान, प्रवेश राई, अल्बर्ट तामाङ, बेनु बम्जन, गणेश ठकुरी लगायत पार्टीका अन्य कार्यकर्ताहरूले शहीद वेदीमा दीप प्रज्ज्वलन गर्नको साथै शहीदहरूलाई स्मरण गर्दै तिनीहरूलाई श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *