गोरामुमोद्वारा मिरिकमा छैटौं अनुसूचि सम्झौता दिवस पालन

मिरिक : 6 दिसम्बर 2005-मा संविधानको छ‌ैटौँ अनुसूचिमा अन्तर्भुक्त गराउन तत्कालिन व्यवस्था दार्जिलिङ गोर्खा पार्वत्य परिषद्का चेयरम्यान स्व. सुवास घिसिङले नयाँ संवैधानिक व्यवस्था ग्रहण गर्न गरिएको छैटौं अनुसूचि प्रदत्त नयाँ हिल काउन्सिलको सम्झौता दिवस गोरामुमो मिरिकले यहाँको सार्वजनिक भवनमा आज पालन गर्यो। सम्झौता दिवस पालन गर्दै गोरामुमोले गोर्खाको निम्ति संवैधानिक व्यवस्था अति अनिवार्य रहेको पुनः स्पष्ट गरेको छ। भुवनी प्रसाद दुलालले स्वागत मन्तव्य राखेको कार्यक्रममा जीएनडब्लयुओ नेतृ अर्पणा पाख्रिन, केन्द्रिय नेता ऋषि थापा, सचित गहतराज, थेबा तामाङ, ट्रेड युनियन नेता आरएस देवान, अमिताभ लामा, युवा नेता निश्चल थापा अनि मिरिक ब्राञ्च अध्यक्ष महेन्द्र खडकाले सम्बोधन गरे।


पार्टीका संस्थापक अध्यक्ष स्व. सुवास घिसिङलाई स्मरण गर्दै शुरु गरिएको कार्यक्रममा भारतमा गोर्खाहरूको राजनैतिक परिचय संस्थागत गर्न एउटा संवैधानिक व्यवस्था अति अनिवार्य रहेको वक्ताहरूले बताए। कार्यक्रममा छैटौं अनुसूचि प्रदत्त व्यवस्थाको विरोध गर्दा नै अहिले दुःख भोग्न परिरहेको पनि वक्ताहरुले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *