गोरामुमोद्वारा मिरिक सौरेनी समष्टिमा सेनिटाइज

मिरिक: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा प्रमुख मन घिसिङको निर्देशमा हाल गोरामुमोले पहाडमा मानिसहरूलाई कोरोनाबारे जागरुक गराउँदै समाजिक चेतना अभियान शुरु गरेको छ। मिरिकको गोरामुमो सौरेनी समष्टिका प्रतिनिधिहरुले आजदेखि समष्टिको विभिन्न शाखामा पुगेर सेनिटाइज गरिने अभियान शुरु गरेका छन्। पार्टीका श्रमिक संगठन एचपीडब्ल्यूयु सौरेनी समष्टि अध्यक्ष दिपेश थापाको नेतृत्वमा आजदेखि गाउँमा सेनिटाइज अभियान शुरु गरिएको छ। यसैगरी, भोलि मिरिक टिङलिङ शाखा अनि धुसेनी शाखामा पनि सेनिटाइज साथै त्यहाँका मानिसहरूलाई कोरोनाबारे जागरूक गराइने भएको दिपेश थापाले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *