गोरामुमोद्वारा मुण्डा कोठी चियाबारीलाई चिकित्सा उपकरण प्रदान

सोनादा : कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्यनजर गरेर गोरामुमोले आफ्नो समाजिक सेवा अभियानलाई तिब्रता दिएको छ। यसै क्रममा आज रंगबुल धोतरिया रंगबुक समष्टि अन्तर्गत मुण्डा कोठी चियाबारीमा गोरामुमो दार्जिलिङ ब्राञ्च अजय एड्वर्डले सेनेटाइजर मशिन, अक्सिमिटर, पीपीआई किट्स, माक्स, पञ्जा साथै अन्य औषधि प्रदान गरेका छन्। गोरामुमो सोनादा एकाई पार्टी कार्यालयमा आज खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङ, सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्री, सोनादा टुङ समष्टि गोरायुमो अध्यक्ष वाङ्दी शेर्पाद्वारा रंगबुल धोतरिया रंगबुक समष्टिका महासचिव बासु छेत्री साथै अन्य प्रतिनिधिहरूलाई हस्तान्तरण गरियो। यसबारे भुपेन गुरुङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *