गोरामुमो-द्वारा पैह्रो पीडितहरूलाई तारपोलिन वितरण

दार्जिलिङ: घुम जोरबङ्लो समष्टि अन्तर्गत बतासे टीबी अस्पताल नजिकमा गएको पैह्रो क्षेत्रको गोरामुमो समष्टि सभापति मणि मोक्तानको अगुवाईमा एउटा प्रतिनिधि टोलीले निरीक्षण गऱ्यो। यस अवसरमा पीडित परिवारहरु गोपाल सुब्बा, घुम खासमहल वार्ड 4 का कुमार तामाङ लगायत अन्य पीडित परिवारहरुलाई तारपोलिन वितरण गरे। यसैगरी, दार्जिलिङ नगरपालिका वार्ड नम्बर 17 अन्तर्गत लुइस जुब्ली हाई स्कुल क्षेत्रमा गएको पैह्रो पीडितहरूलाई पनि गोरामुमो नेता अजय एडवर्डले तारपोलिन वितरण गरेको लुइस जुब्लीका दिपेन राईले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *