गोरामुमो-द्वारा पैह्रो क्षेत्रको निरीक्षण तथा तारपोलिन वितरण

दार्जिलिङ: दार्जिलिङको सिंहमारी टकभर समष्टि अन्तर्गत नवीन ग्राम नर्थ पोइन्ट 29 नम्बरमा अविरल बर्षाको कारण स्थानीय निवासी गरेन गुरुङको घर मुनि भीषण पैह्रो गएको कारण आज गोरामुमो आपदा प्रबन्धन समितिको प्रतिनिधि टोलीले घटनास्थलमा पुगेर निरीक्षण गऱ्यो। उक्त पैह्रोको निम्ति आपतकालीन सहयोगको लागि गोरामुमो अध्यक्ष मन घिसिङ, विधायक निरज जिम्बा तथा दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वार्ड्सको सहयोगमा उक्त टोलीले तारपोलिन वितरण गरेको छ। यसैक्रममा टोलीले सिङताम फाटकमा गएको पैह्रोको पनि निरीक्षण गरेर तारपोलिन बिछ्याइएको बताइएको छ। उक्त टोलीमा समितिका अध्यक्ष वाई लामा, बुद्ध यल्मो, अमर तामाङ,समष्टि अध्यक्ष प्रत्यिम सुब्बा, गोरामुमो दार्जिलिङ टाउन कमिटीका महासचिव गोपाल परियार, रबिन गुरुङ आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *