गोरामुमो-द्वारा क्वारेन्टाइन सेन्टरका भोलेन्टरहरूलाई मास्क अनि पञ्जा वितरण

दार्जिलिङ: गोरामुमो समाजिक सेवा अभियान अन्तर्गत गोरामुमोले गाउँ घरमा बनाएको क्वारेन्टाइन सेन्टरहरूमा सहयोग पुर्याजउन थालेका छन्। अध्यक्ष मन घिसिङको निर्देशनमा आफ्नो क्षमता अनुसार आफ्नो राहत कार्यलाई जारी राख्दै गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डको सहयोगमा सोनादा नेहुर बालासनमा स्थानीय बासिन्दाहरूले आफ्नै पहलमा बनाएको क्वारेन्टाइन सेन्टरका भोलेन्टरहरूलाई मास्क अनि पञ्जा वितरण गरे। गोरामुमो खरसाङ शाखा उपाध्यक्ष सुरेन तामाङको अगुवाईमा गाउँ घर साथै चियाबारीका श्रमिकहरूलाई पनि मास्क अनि पञ्जा वितरण गरेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *