गोरामुमो-द्वारा रेलिङ क्षेत्रमा सेनिटाइज तथा मास्क वितरण

बिजनबारी : गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशन अनि दार्जिलिङका भाजपा विधायक निरज जिम्बाको सहयोगमा आज रेलिङ क्षेत्रमा सेनिटाइज गरियो।


कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राखेर यसको रोकथाम गर्न गोरामुमो रेलिङ, साम्सु अनि लामागाउँ शाखाका सदस्यहरूले आज स्थानीय लङ्गुरदाङ, रेलिङ बिहिबारे क्षेत्रमा सेनिटाइज गरेको बताइएको छ। यसको साथै मास्क पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *