गोरामुमोद्वारा सोनादा क्षेत्रमा खाद्य सामग्री वितरण

सोनादा : हाल देशमा कोरोना महामारीको समय लकडाउन अवधि दैनिक रोजगारीमा निर्भर हुने एवं असहाय परिवारहरुलाई आफ्नो जीवन यापन गर्न धेरै कठिनाइ परिरहेकोले गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशमा आफ्नो क्षमता अनुसार गोरामुमोले पहाड अनि तराईका विभिन्न स्थानहरूमा राहत खाद्य सामाग्री तथा मास्क, पञ्जाहरू वितरण गर्दै आइरहेको छ। यसै क्रममा सोनादाका गोरामुमो सदस्यहरूले आफूहरूले आर्थिक संकलन गरेर 200 भन्दा अधिक असहाय मानिसहरूलाई राहत खाद्य सामाग्री वितरण गरे। सोनादाका विभिन्न गाउँ अनि बस्तीहरू क्रमैले रमिते, मुण्डाहट्टा, प्रशान्तिग्राम, अप्पर सोनादा ग्राम पञ्चायतको वार्ड नम्बर 6 र 7 आदिमा 70 जना परिवारलाई खाद्य सामाग्री वितरण गरेको गोरामुमो खरसाङ शाखा प्रसार-प्रचार सचिव भुपेन्द्र गुरुङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *