गोरामुमोद्वारा सोनादाको विभिन्न ठाउँमा सेनिटाइज

सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङको निर्देशनमा विधायक निरज जिम्बाको निजी कोषबाट दार्जिलिङ पहाडको विभिन्न क्षेत्रमा हाल कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर सेनिटाइजेशन कार्य जारी राखेको छ। गोरायुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष संजोक गुरुङको नेतृत्वमा विधायक निरज जिम्बाको टोलीले सोनादाका विभिन्न क्षेत्रमा सेनिटाइज गऱ्यो। यसैक्रममा सोनादा प्राथमिक स्वस्थ्य केन्द्र, सोनादा बजार, सोनादा सेन्ट्रल ब्याङ्क , सोनादा पोस्ट अफिस , सरस्वती डाँडा, डीबी रोड, मस्जिद, मुण्डा बस्ती, नयाँ सिनेमा हलका वरिपरिका क्षेत्र अनि अप्पर रमितेमा हिजो व्यापक सेनिटाइज गरेको संजोक गुरुङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *