गोरामुमो-द्वारा सामाजिक सेवा अभियान जारी

दार्जिलिङ : आज अप्पर सिङताम अन्तर्गत सुबास ग्राम शाखामा गोरामुमो समाजिक सेवा अभियान अन्तर्गत गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डद्वारा  झरी बर्षाको कारण घरको छाना चुहुने साथै भल पैह्रोले क्षतिग्रस्त भएको पीडित परिवारहरूलाई राहत स्वरुप तारपोलिन वितरण गरेका छन्। सिङताम शाखाका गोरामुमो श्रमिक संगठन एचपीडब्ल्युयु-का महासचिव एसके लामा अनि युवा एकाइ टोलीको अगुवाईमा आफ्नो शाखामा निरीक्षण गरी तारपोलिन वितरण गरेको गोरामुमो मीडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। स्थानीय मानिसहरूले ब्राञ्च अध्यक्ष अजय एड्वर्डद्वरा पुर्‍याएको सहयोगको लागि धन्यवाद दिँदै आभार व्यक्त गरेका छन्। यसको साथै कोरोना महामारीको समयमा विपन्न परिवारहरूलाई राहत स्वरुप खाद्य सामाग्री, माक्स, पञ्जा अनि सेनेटाइजर पनि वितरण ब्राञ्च अध्यक्ष अजय एड्वर्ड एवम् सम्पूर्ण गोरामुमो-लाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *