गोरामुमो जनचेतना संघर्ष समितिले गर्यो पुटुङ क्षेत्रको निरीक्षण

पुटुङ : गोरामुमो जनचेतना संघर्ष समितिले पानीघट्टा सौरेणी समष्टि अन्तर्गत पर्ने पुटुङ्गमा पानीको समस्यालाई लिएर त्यहाँका मानिसहरूले गरेको अपीलको आधारमा निरीक्षण गर्यो। लगभग २ सय घरपरिवार रहेको पुटुङ्ग क्षेत्रमा पिउने पानीको ठूलो समस्या रहेकोले गर्दा विगत २०१८ मा पीएचईबाट जल परियोजना अन्तर्गत एउटा पानीको ट्याङ्की बनाए तापनि उक्त ट्याङ्कीमा हालसम्म पनि पानी नरहेको बताइएको छ। पानी स्रोत भएको ठाउँमा कुनै पाइप नलगाएको साथै पुरानो ट्याङ्कीको लागि पनि प्लास्टिकको पाइप बिछ्याइएको छ। हाल त्यहाँका मानिसहरू त्यहीँ पुरानो ट्याङ्कीमा नै भर पर्न बाध्य भइरहेका छन्। पुटुङ्गमा पानीको समस्या भइरहेकोले नयाँ ट्याङ्की र नयाँ सोर्सबाट पानी ल्याउनको बद्ली पुरानै सोर्सबाट पानी ल्याउने प्रयास गरिरहेको छ। उक्त पुरानो सोर्समा पानीको कमी भएको कारण नै नयाँ सोर्सबाट पानी ल्याउने प्रयास गरिनुपर्ने गोरामुमो जनसंघर्ष समितिका अध्यक्षा मन्जिला तामाङले बताइन्।


  

यसको साथै तिनले सम्बन्धित विभागले यस विषयमा विशेष ध्यान दिएर ठेकेदारहरूलाई कामको जिम्मा दिनुपर्ने बताइन्। पुटुङ क्षेत्रमा जल परियोजनामा ठेकेदारहरूले हेलचेक्र्याई गरेकोले गर्दा उक्त क्षेत्रमा गएर सम्बन्धित विभागले निरीक्षण गरिदिने गोरामुमो जनचेतना संघर्ष समितिका अध्यक्षा मन्जिला तामाङले अपील गरेकी छन्। उक्त परियोजनाको लागि सरकारले पानीको पाइप दिए तापनि हालसम्म पाइप नबिछ्याएको तिनले बताइन्। यसको साथै तिनले यस विषयलाई लिएर चाँडै सम्बन्धित विभागसँग भेट गरेर एउटा ज्ञापन पत्र चढाउने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *