गोरामुमो जनचेतना संघर्ष समितिको टोलीले भेट्यो राज्यपाल जगदीप धनखडलाई

दार्जिलिङ: गोरामुमो जनचेतना संघर्ष समितिको प्रतिनिधि टोलीले आज राज्यपाल जगदीप धनखडलाई भेट गरे। उक्त 3 सदस्य प्रतिनिधि टोलीमा समितिका अध्यक्षा मन्जिला तामाङ, सचिव रन्जिता सुब्बा अनि कार्यकारिणी सदस्य दिपु मुखिया सामेल थिए। भेटघाट पछि पत्रकारहरुलाई सम्बोधन गर्दै अध्यक्षा मन्जिला तामाङले गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशन अनुसार आज पहाडको विभिन्न समस्याहरुलाई लिएर राज्यपालसित भेट गरेको बताइन्। पहाडमा बर्तमान समयमा चलिरहेको केन्द्र सरकारको विविध योजना अन्तर्गत प्रधानमन्त्री ग्राम सडक योजना, आईआरडीएफ, सय दिने रोजगार, शिक्षक नियुक्ति प्रणाली साथै अन्य धेरै विषयहरु माथि भएको अनियमिताबारे व्यापक चर्चा परिचर्चा गर्दै राज्यपाललाई ज्ञापन पत्रसमेत बुझाएको मन्जिला तामाङले जानकारी दिएकी छन् । राज्यपालले उक्त विषयलाई गम्भीरता पूर्वक लिएको साथै यस विषयलाई लिएर बिचार बिमर्श गर्ने वचन दिएको मन्जिला तामाङले पत्रकारहरुलाई बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *