गोरामुमो कालेबुङ शाखाको सांगठनिक सभा सम्पन्न

कालेबुङ: गोरामुमो केन्द्रीय समितिको निर्देशन अनुसार आज गोरामुमो कालेबुङ शाखाको आयोजनामा विभिन्न शाखाका प्रतिनिधिहरुलाई लिएर सांगठनिक सभा यहाँको ठाकुरबाडी भवनमा सम्पन्न भयो। उक्त सभामा आउँदो दिनहरुमा पार्टीको भावी कार्यक्रमहरूबारे व्यापक चर्चा-परिचर्चा गरियो। आउँदो दिनहरूमा पार्टीले व्यापक कार्यक्रमहरु गर्ने निर्णय लिइएको साथै कालेबुङ शाखा अन्तर्गत पर्ने आठ वटा समष्टिमा पार्टीको भावी कार्यक्रमबारे कार्यकर्ताहरूलाई विस्तृत जानकारी गराउने आजको सभामा पारित गरिएको पार्टी सूत्रले जानकारी गराएको छ।


आजको सांगठनिक सभामा गोरामुमो केन्द्रीय समितिका प्रवक्ता महेन्द्र छेत्री, दार्जिलिङ शाखा अध्यक्ष अजय एड्वर्ड, केन्द्रीय सदस्य एमजे सुब्बा, पारस गुरुङ, मौरिस कालिकोटे, खरसाङ शाखा अध्यक्ष निमा लामा, खरसाङ शाखा सचिव युद्ध छेत्री, प्रचार-प्रसार सचिव भुपेन गुरुङ आदि प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *