गोरामुमोका प्रार्थीहरूलाई लिएर दार्जिलिङमा समीक्षा सभा सम्पन्न

दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउलाई लिएर गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीको आयोजनामा आज पार्टीको केन्द्रीय कार्यालय दार्जीलिङमा उम्मेदवारहरुलाई लिएर चुनाउ रणनीति अनि समिक्षा सभा सम्पन्न भयो। दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बाको अध्यक्षतामा सम्पन्न सभामा ब्राञ्च कमिटी महासचिव सन्दिप लिम्बू, नारी मोर्चा दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्षा बसुन्धारा प्रधान, युवा मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवाल, वार्ड कमिटीका प्रतिनिधिवर्ग उपस्थित थिए। चुनाउ समीक्षा सभामा उम्मेदवारहरुलाई चुनावी रणनीतिबारे एमजी सुब्बाले जानकारी गराए।

यस अवसरमा संजोक गुरुङले उम्मेदवारहरुलाई अग्रिम शुभकामना दिँदै नगरपालिका चुनाउ स्थानीय चुनाव रहेकोले दार्जिलिङ नगरपालिकालाई व्यवस्थित, भ्रष्टाचार मुक्त, साधरण जनताले पाउनु पर्ने साहुलियत सुविधा साथै सुदृढीकरणमा जोड दिँदै गोरामुमो पार्टीले जितेको खण्डमा पूरा गर्नेछौँ भनी बताए। यसको साथै तिनले दार्जिलिङ शहरलाई अझ सुन्दर, व्यवस्थित, स्वच्छ तथा गौरवमय दार्जिलिङ बनाउन सकिन्छ भनी बताए। यसैगरी, पार्टीले महिला अनि युवा उम्मेदवारहरुलाई प्राथमिकता दिएकोमा अध्यक्ष मन घिसिङलाई गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीको तर्फबाट प्रवक्ता सन्दीप लिम्बुले आभार व्यक्त गरे। महिला अनि युवाहरुको जोश अनि स्वच्छ छवि भएका उम्मेदवारहरूले प्राथमिकता पाउनु भनेको जनताको निम्ति भलो हुनु हो भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes