गोरामुमो-का उपाध्यक्ष केशव चन्द्र लामाको निधन

दार्जिलिङ : गोरामुमोका केन्द्रीय उपाध्यक्ष तथा दार्जिलिङ गोर्खा पार्वतीय परिषद्का पूर्व उपाध्यक्ष केशव चन्द्र लामाको 80 वर्षको उमेरमा आज बिहान दार्जिलिङस्थित अस्पतालमा निधन भयो। तिनको निधनले गोरामुमो पार्टीलाई ठुलो क्षति पुर्‍याएको छ। स्मरण रहोस्, केशव चन्द्र लामा 80 को दशकमा दार्जिलिङ पहाडमा भएको गोर्खाल्याण्ड आन्दोलनमा एकजना केन्द्रीय सशक्त नेता थिए। तिनी गोरामुमोको स्थापनाकालदेखि नै पार्टीमा पनि सक्रिय रूपमा रहेर केन्द्रीय महासचिव अनि त्यसपछि दागोपाप गठन भएपछि उपाध्यक्ष जस्तो गरिमामय पदमा आसिन थिए। तिनलाई गोरामुमोका संस्थापक अध्यक्ष दिवङ्गत सुवास घिसिङको खुबै नजिकका व्यक्ति थिए। यसबाहेक मृत्यु पर्यन्तकालसम्म तिनले गोरामुमोलाई असल सुझाउ तथा नेतृत्व दिँदै आइरहेका थिए। तथापि, तिनको निधनमा गोरामुमो समर्थकहरूले गहिरो शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन्।    


Leave a Reply

Your email address will not be published. Required fields are marked *