गोरामुमोका युवाहरूद्वारा वार्डको सर-सफाई

दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा युवा एकाई दार्जिलिङ ब्राञ्च कमिटीको वार्ड नम्बर 9 शाखाका युवाहरुले आफ्नो वार्डमा सर-सफाई गरे। कोरोना भाइरसको महामारीलाई ध्यानमा राखेर आफ्नो गाउँ-समाज पनि सफा राख्नुपर्ने बताउँदै गोरामुमो युवा एकाईले सर-सफाई गरेको युवा एकाइले जनाएको छ। वार्ड नम्बर 9 मा नगरपालिकाले राखेका मैले जम्मा गर्ने स्थानमा फोहोर मैला नउठाएकोले साथै स्थानीय बासिन्दाहरुले पनि फोहोर मैला जता-तत्तै फ्याँक्ने हुनाले बाटोमा समेत मैला आएर अतिनै दुर्गन्धित बनेको कारण बाटोमा हिडन् समेत असुविधा भएको युवा एकाइले जानकारी गराएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *