गोरामुमो केन्द्रीय नेतृत्वहरूको खरसाङमा महत्वपूर्ण सभा सम्पन्न

दार्जिलिङ :  गोरामुमो पार्टीको केन्द्रीय नेतृत्व तथा अन्य आमन्त्रित बौद्धिक सदस्यहरूलाई लिएर आज पार्टीको अत्यन्तै महत्वपूर्ण सभा गोरामुमो केन्द्रीय उपाध्यक्ष पीसी अग्रवालको वासगृह खरसाङमा सम्पन्न भयो। सभामा पार्टीका महासचिवहरू क्रमैले एनबी छेत्री, निरज जिम्बा र ऋषि थापा लगायत केन्द्रीय समिति सदस्यहरू सचित गहतराज, भक्त जैरू, विरेन लामा, प्रवीण जिम्बा, बीके राई, आईएन प्रधान साथै यादव सुब्बा, लाक्पा शेर्पा, किशोर गहतराज र विपीन स्याङदेन आदि उपस्थित थिए। आजको सभामा पार्टीको सांगठनिक गतिविधि तथा पार्टीबाट लगातार राजीनामा दिनेहरूको संख्या बढ्दै गइरहेको विषयमा व्यापक चर्चा-परिचर्चा गरिएको पार्टी सूत्रले जानकारी गराएको छ। आजसको सभाले धेरै लामो मन्थन गरेपछि तयार पारेको रणनीति, कार्यक्रम तथा निर्णयहरू केन्द्रीय अध्यक्ष मन घिसिङको अनुमोदनपछि चाँडै नै सार्वजनिक गरिने बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *