गोरामुमो केन्द्रीय समितिको सभा सम्पन्न

दार्जिलिङ: गोरामुमो-को केन्द्रीय कार्यालय दार्जिलिङमा आज पार्टी केन्द्रीय समितिको सभा अध्यक्ष मन घिसिङको सभापतित्वमा सम्पन्न भयो। सभामा विधायक एवम् गोरामुमो सेक्रेटरी जनरल निरज जिम्बा लगायत केन्द्रीय समितिका सदस्यहरु उपस्थित थिए। सभामा जीटीए चुनाउ विषय लिएर व्यापक चर्चा परिचर्चा गर्दै जीटीए चुनाउमा अंशग्रहण गर्नेबारे जनताले आफै नै निर्णय लिनु सक्ने साथै गोरामुमोले जीटीए ब्यवस्थाको वैधानिकता माथि न्यायलयमा सुनवाइ हुने कार्यमाथि केन्द्रित गर्दै स्थायी राजनैतिक समाधान बारे कार्य गर्ने आजको बैठकले पारित गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *