गोरामुमो-को बर्मेक सार्वजनिक भवनमा साङ्गठनिक सभा

कालेबुङ : गोरामुमोले कालेबुङमा पनि आफ्नो साङ्गठनिक कार्यक्रमहरुलाई अघि बडाइरहेको छ। यसैक्रममा गोरामुमो केन्द्रीय समिति, गोरामुमो कालेबुङ कार्यकारिणी समिति अनि गोरायुमो कालेबुङ ब्राञ्च कमिटीको पहलमा यहाँको इच्छे बस्ती बर्मेक सार्वजनिक भवनमा साङ्गठनिक सभा सम्पन्न भयो। केन्द्रीय समिति सेक्रेटरी जनरल दावा शेर्पाको प्रमुख उपस्तिथिमा गोरायुमो कालेबुङ ब्राञ्च कमिटी अध्यक्ष बुद्ध तामाङ, गोरामुमो कार्यकारिणी समितिका सदस्यगण, केन्द्रीय समिति सदस्यगण लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो।



पार्टी सूत्रले दिएको जानकारी अनुसार गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशन अनुसार कालेबुङका सम्पूर्ण समष्टिलाई बलियो बनाउनको निम्ति गोरामुमो कालेबुङले आफ्नो कार्यक्रमहरु व्यापक रुपमा अघि बडाउने निर्णय लिएको कारण कालेबुङ 26 नम्बर समष्टिको पहलमा 25 र 26 नम्बर समष्टिलाई पुनः गठन गरिएको छ । यो एउटा कुनै चुनावी पहलको निम्ति होइन तर अध्यक्ष मन घिसिङको हातलाई बलियो बनाउनको निम्ति हो। गोरामुमोले मात्र जाति र माटोको उन्मुक्तिको निम्ति कार्य गरिरहेको छ। गोरामुमो नाली-झोडा, कमिसन अनि ठेक्का पट्टाको निम्ति जन्मेको दल होइन तर जाति र माटोलाई न्याय दिलाउनको निम्ति जन्मेको दल हो। आजको दिनसम्म गोरामुमोले केवल गोर्खा जातिको उन्मुक्तिको निम्ति कार्य गरिरहेको छ। यसकारण अध्यक्ष मन घिसिङको नेतृत्वमा गोर्खा जातिले न्याय पाउने छ भनी हामी आस्वस्त छौं भनी मणि कुमार खवासले विज्ञप्तिमार्फत जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *