गोरामुमोको गीति एल्बम ‘हरियो’-को विमोचन

दार्जिलिङ : गोरामुमोको केन्द्रीय कार्यालय दार्जिलिङमा आज गीति एल्बम हरियो-को विधिवत् रूपमा एउटा कार्यक्रमबीच विमोचन गरियो। गोरामुमो केन्द्रीय अध्यक्ष मन घिसिङ, दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एडवर्ड अनि महासचिव सन्दीप लिम्बूले उक्त गीति एल्बम हरियो-को विधिवत् रूपमा विमोचन गरे। आज विमोचन गरिएको गीति एल्बमको गीत गोरामुमो पार्टीसित सम्बन्धित रहेको छ। यस अवसरमा गोरामुमो पार्टीका केन्द्रीय नेतृत्वगण तथा समर्थकहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *