गोरामुमोको खैरेनीमा शाखा गठन, 35 घर परिवार पार्टीमा सामेल

सुकना: गोरामुमो खरसाङ ब्राञ्च कमिटी अन्तर्गत तीनधारे सुकुना समष्टि अन्तर्गत पर्ने पुटुङ खैरेनीबाट अन्य राजनैतिक दलबाट 35 घर परिवार गोरामुमोमा सामेल भएका छन्। गोरामुमो केन्द्रीय प्रवक्ता महेन्द्र छेत्री, खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, सचिव युद्ध छेत्री, केन्द्रीय सदस्य आईएन प्रधान, पेमु छेत्री साथै ब्राञ्च कमिटीका प्रतिनिधिगण अनि समष्टिका प्रतिनिधिहरूको उपस्तिथिमा सम्पन्न सभामा आज 35 परिवारले पार्टीलाई समर्थन जनाए। सभामा नयाँ सदस्य -हरुलाई खदा लगाएर स्वागत जनाउँदै निमा लामाले दलीय झण्डा प्रदान गरे । यसैक्रममा पुटुङ खैरेनी शाखा पनि गठन गरियो, जसमा सर्वसम्मतिले सभापति अनुप राई, उप सभापति सोमकुमार सुब्बा,सचिव रोशन थापा, सह सचिव पन्चे तामाङ, गौरीमान राई, कोषाध्यक्ष बालकृष्ण प्रसाद लगायत ऋषि राई, काशी नाथ ब्राह्मणलाई सल्लाहकारका रूपमा चयन गरिएको छ। यसैगरी पटुङ खैरेनी नारी मोर्चा शाखा कन्भेनर गीता तामाङलाई चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *